काठमाडौं, १९ कात्तिक । नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोक, दोलखा र काभ्रेको संयुक्त बैठक काभ्रेको दोलालघाटमा आइतबार सम्पन्न भएको छ। 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा सम्पन्न भएको तीन जिल्लाको संयुक्त बैठकमा मध्यपहाडी लोकमार्ग विशेष अभियानका बारेमा छलफल भएको छ।

नेकपा (एमाले) ले आगामी मङ्सिरको दोस्रो हप्ताबाट मध्यपहाडी लोकमार्ग विशेष अभियान सञ्चालन गर्दै छ। सोही अभियानको तयारी तथा अभियान सफल बनाउनका लागि आवश्यक योजना तथा निर्णयहरू गर्न एमाले सिन्धुपाल्चोक, दोलखा र काभ्रे जिल्लाको संयुक्त बैठक बसेको हो। 

Untitled-2 7संयुक्त बैठकमा एमालेका उपमहासचिव ज्ञवालीले मध्य पहाडी लोक मार्ग विशेष अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारीमा लाग्न तिनै जिल्लाका पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ। 

२०७३ एमालेले जसरी मेची महाकाली अभियान सुरु गरेको थियो। सोही अनुसार मध्य पहाडी लोक मार्गका साथै हुलाकी राजमार्गमा अभियान सञ्चालन गर्ने एमालेको तयारी छ। यो अभियानले युवाहरूलाई पार्टीको काममा सक्रिय बनाउने एमालेको विश्वास छ।

बैठकमा बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल,एमाले केन्द्रिय सदस्य सरेस नेपाल,नेता किरण पौडेललगायतको उपस्थिति रहेको थियो।

May be an image of 7 people and people studyingनेकपा एमालेले मध्यपहाडमा आफ्नो शक्ती प्रदर्शन र संगठन विस्तारका लागि गर्ने भनेको मध्यहाडी यात्राको तयारीका दुईजना उपमहासचिवको टोलीलाई स्थलगत रुपमा खटाए थियो  । पूर्वतर्फ उपमहासचिव प्रदिप ज्ञवाली र पश्चिमतर्फ अर्का उपमहासचिप विष्णु रिमालको टोली खटाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

यसैक्रममा पूर्वतर्फ उपमहासचिव ज्ञवालीको टोलीले कात्तिक १७ गते बाट पाँचथर यात्रा सुरु गरेको टोलि कोशी प्रदेशबाट बिदाइ भएर बागमती प्रदेश पुगेको हो । पूर्वतर्फ खटिएको टोलीमा ज्ञवाली सहित केन्द्रीय सदस्य किरण पौडेल र पार्टीको जनवर्गीय संगठन भूतपूर्व सैनिक संघका अध्यक्ष बिनोद पाण्डेलाई साथ दिएको  कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा सहितका नेताहरुले घुर्मीबाट विदाई गर्नुभएको एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिनु भयो । 

Untitled-2 8May be an image of 8 people and newsroom