विराटचोक,२४ कात्तिक । नेकपा एमाले बराहक्षेत्र नगर कमिटीले नेपालीहरुको महान चाड वडा दशैँ, शुभ दीपावली,छठ तथा नेपाल सम्बत ११४४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  गरेको छ । शुक्रबार आयोजना भएको कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टी नगर कमिटी अध्यक्ष सीता भण्डारी पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टिका शुभेच्छुक र अन्य दलका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।  

IMG_20231110_135744शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि खतिवडाले दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त पार्न र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने कार्यमा जुट्न आग्रह गर्नु भएको थियो । अध्यक्ष खतिवडाले व्यवस्था र अवस्था फेरिए पनि हाम्रा सोच र व्यवहार नफेरिएकाले  सोच फेरिएर समृद्ध नेपाल खुसी नेपाली अभियानमा लाग्न आग्रह समेत गर्नुभयो ।  त्यस्तै  एमाले केन्द्रीय सदस्य मन्जु भण्डारी,पूर्व सांसद जयकुमार राई कोशी प्रदेश सदस्य विजय राई,रमेश बस्नेत,डिवि शाहशंकर,प्रह्लाद भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

शुभकामना मन्तव्यका क्रममा  राप्रापा  कोशी प्रदेश प्रवक्ता विजय राउत, नेकपा माअओवादी केन्द्रका तर्फबाट पुष्प ढुङ्गाना नेपाली कांग्रेसका तर्फबाट बुद्धिबहादुर कटुवालले कार्यक्रमलाई खुलेर प्रशंसा गर्नु भएको थियो । आफ्नो दल बाहेक अन्य दललाई समेत समेटेर यस्ता कार्यक्रम राखेकोमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो।

altबराहक्षेत्र ७ बाङ्गेमा रहेको रामेश्वर शिवालय भवनमा राखिएको कार्यक्रममा  कोशी प्रदेश कमिटीका नव निर्वाचित अध्यक्ष घनश्याम खतिवडालाई बराहक्षेत्र नगर कमिटीले भव्य स्वागत सम्मान गरेको थियो ।चियापान कार्यक्रम सहित भएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुलाई सेल रोटी,तरकारी, चिया  समेत खुवाइएको थियो।

inbound1990814688697482671

नेकपा एमाले देवेन्द्र बिस्ठ

inbound7798337869212426010

IMG_20231110_141435