जाजरकोट,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाजरकोटमा आइपुग्नु भएको छ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर २०८० कात्तिक १७ गते राती गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पिडितहरुलाई भेट्न अध्यक्ष ओली आज जाजरकोट आइपुग्नु भएको हाे।

May be an image of 4 people and templeयही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरुसँग भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो।

आचार्यका अनुसार जाजरकोट अध्यक्ष ओलीले भूकम्प पीडितहरुसँग अन्तरक्रिया गर्ने, भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी लिने र पुनः निर्माणका बारेमा सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्नु हुने कार्यक्रम अपरान्ह भेरी नगरपालिका १ रिम्नामा तय गरिएको छ।

अध्यक्ष ओलीलाई जाजरकोटमा जानर्दन शर्माको स्वागत

संवृद्धिका लागि संकल्प यात्राको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीलाई जाजरकोट र रुकुमको सीमा क्षेत्रमा नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले स्वागत गर्नुभएको छ।