जाजरकोट,२० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमको निरीक्षण गरेपछि सरकारप्रति कठोर शब्द प्रयोग गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले सरकार भूकम्पपीडितका लागि नभई हेलिकोप्टर चढ्न मात्रै आएको तथ्यले देखाएको बताउनु भयो । 

May be an image of 4 peopleभुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पार्टीका स्वयम् सेवकले गरेका कामको बारेमा बुझ्न जाजरकोट र रुकुमपश्चिमको सिमानान रिम्ना पुग्नु भएका अध्यक्ष ओलीले एमालेका स्वयंसेवकले बिना पैसा ८ सय १३ अस्थायी घर बनाएर दिँदा पनि सरकार के हेरेर बसिरहेको छ भन्ने प्रश्न गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘तपाईहरुलाई परेको विपतमा साथ दिन एमालेका एक हजार एक सय स्वयम् सेवक तपाईहरुकै वस्तीमा आउनु भयो तर सत्ता टिकाउन कमिशन खान, भ्रष्टाचार गर्न, तस्करी गर्न मै केन्द्रीत यो सरकार के हेरिरहेको छ ? विपत्तिले यहाँ थुप्रैको ज्यान गएको, थुप्रै घरबार बिहिन भएको बेला सरकारका प्रधानमन्त्री, गृहमन्त्री देखि राष्ट‘पतिसम्म हेलिकोप्टर उडाउनमै व्यस्त रहे ।’

एमाले जनताको बिपत्तिमा साथ दिने पार्टी भएको उल्लेख गर्दे ओलीले विपतको वेला घाइतेको उपचारमा जानुपर्ने स्वास्थ्यकर्मीलाई मन्त्रीहरुको ब्रिफीङमा अल्मल्याउने, पीडितको खोज उद्धार र राहतमा लाग्नुपर्ने सुरक्षाकर्मीलाई आफ्नो सुरक्षा व्यवस्थामा केन्द्रीत गराउने काम गरेर सरकारले पीडितको हातमा केही दिनु भन्दा पनि दुःख दिएको बताउनु भयो ।

‘जाजरकोट भुकम्प पीडितका लागि विभिन्न देशबाट सहयोग आएको छ । हामी साँसदहरुले पनि सहयोग दिएका छौं । त्यो रकम बैंक खातामा मात्रै जम्मा गर्न दिएको हो र ? विभिन्न निकायबाट आएको राहत सामाग्री स्टोरमा थन्क्याउन दिइएको हो ?’ सरकारप्रति प्रश्न गर्दै ओलीले थप्नुभयो, ‘आफूले केही नगर्ने भए हाम्रा (एमालेका) स्वयंसेवकहरुलाई त्यो सामाग्री र रकम दिनुपर्ने हो । बुद्धि र काम गर्ने इच्छा शक्ति नभएको निकम्मा सरकारले अनावश्यक स्टण्टबाजी बाहेक केहि गर्न सकेन ।’

May be an image of one or more peopleजाजरकोट र रुकुमका भुकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्रमा आएको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रको निर्णयबाट तपाईहरुको पिंडालाई कम गर्न देशभरबाट स्वयंसेवक खटाएको जानकारी दिनुभयो । ‘सही चिन्तन नभएसम्म केही काम गर्न सकिदैन् । एमालेमा जुन कार्यक्षमता छ, त्यो अरूसँग छैन, अरूले त्यो कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन, नेकपा एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन’, उहाँले भन्नुभयो ।

मानवीय सेवाभावले सेवा गरेको भन्दै एमालेका स्वयंसेवकलाई ओलीले धन्यवाद दिनुभयो । यस्तो सेवा भाव अहिले दुर्लभ भएको उहाँले बताउनुभयो । देशमा कार्ही समस्या पर्यो भने नेकपा एमाले पुग्ने बताउनुभएका ओलीले एमाले सान सौगात र औपचारिकता देखाउन पुग्ने नभई अर्थपूर्ण ढङ्गले पुग्ने र जनताको सेवा गर्न प्रभावित क्षेत्रमा पुग्ने भन्दै प्रष्ट पार्नुभयो । पार्टीबाट खटिएका स्वयंसेवकलाई प्रमाण पत्र प्रदान गर्दै अध्यक्ष ओलीले बाँकी संरचना निर्माणको जिम्मा स्थानीय पार्टीले लिने र अनुगमन केन्द्रबाट हुने उल्लेख गर्नुभयो ।

May be an image of one or more people and motorcycleदेशको अर्थतन्त्र रेमिट्यान्समा मात्रै निर्भर भएको बताउँदै उहाँले अहिलेको सरकार मान्छे निर्यात गर्ने धाउन्यमा केन्द्रीत रहेको ठोकुवा गर्नुभयो । ‘रेमिट्यान्समा केन्द्रीत अर्थतन्त्र स्थायी होइन् तर सरकार त्यसमै प्राथमिकता दिनमा केन्द्रीत देखिन्छ । देशको अर्थतन्त्र निकै धरासायी बन्दापनि यो गठबन्दनको सरकारसँग कुनै योजना छैन्’ उहाँले थप्नुभयो ‘यो कुनै कामको सरकार होइन् । देशभर विकास निर्माण ठप्प छ । हामीले सरकार छोड्दा पनि यस्तो अवस्था थिएन । त्यसैले देशको विकास र समृद्धीका लागि एमालेको सरकारको विकल्प छैन् ।’