• अन्जनीकुमार अधिकारी

उदयपुर,२० मंसिर । मंसिर १४ गते बिहीबार बैतडीको झुलाघाटबाट शुरू भएको एमालेको संकल्प यात्रा यही मंसिर २६ गते उदयपुरको कटारी नगरपालिका १४ घुर्मी आइपुग्ने भएको छ ।

"सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय" भन्ने मुल नाराका साथ बैतडीको झुलाघाटदेखिपाचथर जिल्लाको चिवाभञ्ज्याङ् सम्मनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १ सय ५० भन्दा बढी केन्द्रीय नेताहरुको टोली यही मंसिर २६ गते उदयपुरको घुर्मी आइपुग्ने भएपछी उक्तदिनको कार्यक्रम भब्य बनाउन नेकपा एमाले उदयपुरले ब्यापक तयारी शुरु गरेको छ ।

बैतडीको झुलाघाटदेखि शुरु भएको संकल्प यात्रामा एमालेका केन्द्रीय नेता देखी बिभिन्न तहका नेता तथा स्वयम्सेवक सहित करिव ५ सयजना यात्रामा रहेको बताइएको छ ।

May be an image of 8 people and textघुर्मीमा एमालेका केन्द्रीय अध्यक्ष देखी सय भन्दा बढी केन्द्रीय नेताहरु एकैपटक आउने भएपछि एमाले उदयपुरले कार्यक्रम भब्य बनाउन ब्यापक तयारी गरेको नेकपा एमाले उदयपुर जिल्ला सचिव तथा पार्टी प्रवक्ता एवम् चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घुर्मीको कार्यक्रमलाइ भब्य तथा ब्यापक बनाउन मंगलबार नेकपा एमाले उदयपुरको दशौँ बिस्तारित बैठक समेत बसेको थियो । बैठकले सम्बन्ध स्थानीय सन्देश राष्ट्रियू भन्ने मुल नाराका साथ बैतडीको झुलाघाटदेखिपाचथर जिल्लाको चिवाभञ्ज्याङ् सम्मका लागि सुरु भएको संकल्प यात्रा अन्तर्गतको उदयपुरको घुर्मीमा हुने कार्यक्रमलाइ ऐतिहासिक अवासरकोक रुपमा लिदै कार्यक्रम भब्य बनाउने निर्णय गरेको बताउनु बताउनु भयो ।

408412246_7882222698474097_2574466687005739049_nएमाले उदयपुरले घुर्मीमा हुने बृहत आमसभा सहितको कार्यक्रमलाइ भब्य बनाउन बिभिन्न समितिहरु गठन गरेको छ । बैठकले कार्यक्रमको प्रचारप्रसारका लागि एमाले उदयपुरका सचिव कालुमान लामाको संयोजकत्वमा एक समिति गठन गरेको छ भने खाद्यान्न ब्यबस्थापन समितिको संयोजकमा महेश रोक्का, आर्थिक समितिको संयोजकमा भारत थापालाइ जिम्मेवारी दिएको एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनु भयो ।

त्यसैगरी स्वयंसेवक परिचालनको जिम्मेवारी राष्ट्रिय युवा संघ, खेलकुद महासंघ, रिटर्नी फेडेरेसन नेपाल, भूतपूर्व शैनिक तथा प्रहरी संगठन, अखिल नेपाल किसान महासंघ र जिफन्टलाइ जिम्मेवारी तोकिएको समेत अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

May be an image of 11 people and textसम्बन्ध स्थानीय सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ बैतडीको झुलाघाटदेखिपाचथर जिल्लाको चिवाभञ्ज्याङ् सम्मको लागि हिडेको संकल्प यात्राको १३औं दिन उदयपुरको घुर्मीमा हुने कार्यक्रममा उदयपुरका ८ पालिकाहरु मध्ये कटारी नगरपालिकाबाट ९ सय, त्रियुगा नगरपालिकाबाट ७ सय ५० चौदण्डीगढी नगरपालिकाबाट ३ सय, बेलका नगरपालिकाबाट १ सय ५०, तेसैगरी ताप्ली गाउँपालिकाबाट २ सय,लिम्चुङबुङ गाउँपालिकाबाट १ सय ५० उदयपुरगढी गाउँपालिकाबाट २ सय ५० र रौतामाई गाउँपालिकाबाट ३ सयजना गरि कम्तिमा ३ हजार नेता तथा कार्यकर्ता उतार्ने तयारी एमाले उदयपुरले गरेको जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिनुभयो ।

संकल्प यात्रा अन्तर्गत कोशी प्रदेशको प्रवेस द्वारकै रुपमा हेरिएको मंसिर २६ गते उदयपुरको घुर्मी आइपुग्ने टोलीलाई भब्य स्वागत गर्ने तयारी नेकपा एमाले उदयपुरले गरेको छ । उदयपुरबाट घुर्मी सहभागी हुन् जानको लागि यातायातको ब्यबस्था स्थानीय पालिका र वडा कमिटिले गर्नेछन् ।

नेकपा एमालेले सुरु गरको सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ मध्ये पहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतबैतडीको झुलाघाटदेखिपाचथर जिल्लाको चिवाभञ्ज्याङ् सम्मको संकल्प यात्रामा पहाडी क्षेत्रका २० लाख स्थानीय संग प्रतक्ष भेट्ने योजना एमालेको रहेको बताइएको छ।

नेकपा एमालेले मिसन ८४ अन्तर्गत ५० प्लस १ को रणनीति अनुसार पहाडी क्षेत्रमा समेत आफुलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न यो संकल्प यात्रा सुरु गरेको हो । २०७३ सालमा पनि नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान संचालन गरेको थियो जुन अभियानमा प्रत्यक्ष रुपमा २५ लाख जनता जोडिए थिए भने २०७९ को निर्वाचनमा नेकपा एमाले सोक्षेत्रमा पहिलो पाटी बन्न सफल भएको थियो ।