गाईघाट,२३ मंसिर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।लिम्चुङबुङ गाउँपालिकामा बिहिबार भएको एमालेको प्रशिक्षणकार्यक्रमा उनीहरु प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवम् साविक बलम्ता गाविसका उपाध्यक्ष हर्कबहादुर राईसहितका नेता एमालेमा प्रवेश गरेको एमाले उदयपुरका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी टंक बहादुर मगर, बमबहादुर मगर, मानबहादुर मगर, शुक्रबहादुर मगर, दिलबहादुर कार्कीलगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले पोलिटब्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शराममेघी गुरुङ, पोलिटब्युरो सदस्य मञ्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, कोशी प्रदेश सांसद गीता रेग्मी, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, प्रदेश कमिटी उपसचिव सदस्य देवराज राईलगायतले पार्टीमा स्वागत गरेका थिए ।
एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अभियान अन्तर्गत मंसिर २६ गते उदयपुरको घुर्मीमा हुने कार्यक्रमलाई सफल बनाउन नेकपा एमाले उदयपुर जिल्ला कमिटी तयारीमा जुटेको छ ।




















