काठमाडाैं,२३ मंसिर । मध्यपहाडी लाेकमार्ग विशेष अभियान  झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहेकाे नेकपा एमालेकाे टाेली नुवाकाेट पुगेकाे छ ।

अभियानकाे दशाैं दिन शनिबार बिहान गाेरखाकाे सल्यानटारबाट हिँडेकाे अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे टाेली धादिङ हुँदै साँझ नुवाकाेट पुगेकाे हाे ।

टाेलीलाई नुवाकाेटमा भव्य स्वागत गरिएकाे छ । नेकपा एमालेका नेता-कार्यकर्ता, स्थानीय र शुभेच्छुकले टाेलीलाई भव्य स्वागत गरेका हुन् । टाेली पुग्नासाथ युवाहरुले नुवाकाेटमा स्वागत छ, केपी बा आइ लभ यु लगायत नारा समेत लगाएका थिए ।

नुवाकाेट बट्टारमा ठूलाे संख्यामा पार्टीका नेता-कार्यकर्ता, स्थानीय र शुभचिन्तकले करिब ४ घण्टादेखि टाेलीकाे प्रतिक्षा गरिरहेकाे थियाे । बट्टारमा हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बाेधन गर्नुहने कार्यक्रम छ ।