काठमाडौं,२६ मंसिर । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानमा रहेकाे नेकपा एमालेकाे टाेली काेशी प्रदेश प्रवेश गरेकाे छ।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानकाे १३औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे एमालेकाे टाेली मध्यपहाडी लाेकमार्गकाे बहादुरे खाेला हुँदै मंगलबार दिउँसाे काेशी प्रदेश प्रवेश गरेकाे हाे।

kp-sharma-oli-14-768x432रामेछापको मन्थलीबाट बिहान हिँडेको अध्यक्ष ओली नेतृत्वको टोली सिन्धुलीको विभिन्न ठाउँमा भेटघाट, सभा गर्दै केहीबेरअघि कोशी प्रवेश गरेको हो।

एमालेको टोली काेशी प्रदेश उदयपुरको घुर्मी आइपुगेको छ । घुर्मीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई पार्टी कार्यकर्ता र स्थानीयले स्वागत गरे ।

अध्यक्ष ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता पुगेका थिए । घुर्मीबाट ओली ओखलढुंगाको हर्कपुरमा मंगलबार हुने सभामा सहभागी भएर खोटाङको हलेसी जाने कार्यक्रम छ ।