भोजपुर,२७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार धेरै चल्ने र टिक्नेवाला नभएको बताउनुभएको छ।

झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले साे कुरा बताउनु भएको हाे।

अध्यक्ष ओलीले यो सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताउनु भयो । उहाँले भन्नुभयो, यो कुहिएको फल जस्तो भएको छ, यसलाई झारेन भने पनि आफै झर्छ। यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा नरहेको ओलीले बताउनु भयो । उहाँले वर्तमान सरकारबाट केही नहुने बताउनु भयो ।

May be an image of 1 person and crowdअध्यक्ष ओलीले एमालेलाई सिद्ध्याउँछु मार्छु भन्ने सपना भङ्ग गर्न समेत आग्रह गर्नुभयो। अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको बताउनु भयो ।

अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्ने त के हेर्न पनि नसक्ने अवस्थामा अन्य दलहरू रहेको बताउनु भयो । उहाँले एमालेसँग एक्लै कोही लड्न नसक्ने भएकाले कसैले दाइने हात कसैले देब्रे हात कसैले जिउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोजेको बताउनु भयो। उहाँले भन्नुभयो, एमालेलाई सिद्ध्याउँछु भनेर हातको छेउमा आए मुक्का खाने, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् । एमालेले त्यो स्ट्रेन्थ एमालेले बनाउनु पर्छ ।’

मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै सङ्कटमा पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेले बहुमत नल्याए देश धेरै अप्ठेरो अवस्थामा जाने छ।’ उहाँले देशमा वर्वाद भएको एमालेले हेरिरहन नसक्ने बताउनु भयो।