फिदिम,३० मंसिर । पाँचथरमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार एमालेले सुरु गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

May be an image of one or more people and crowdएमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भणडारीका अनुसार ५ सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

गत स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार जगत थापा मगरसहित नेकपा एमालेमा ५ सय बढी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।

May be an image of 4 people, temple and textMay be an image of 6 people and textMay be an image of 1 person, dais and textMay be an image of one or more people and temple