काठमाडाैं,१ पुष। मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानमा रहेकाे नेकपा एमालेकाे टाेली आज पाँचथरकाे चिवाभञ्ज्याङ पुग्दैछ ।

१८ दिनअघि सुरु गरेकाे समृद्धि संकल्प यात्राको आज अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्न लागेकाे हाे । चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनुहुनेछ ।

शनिबार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्नेछ ।