काठमाडौं,४ पुस । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फाल्ने महिला पक्राउ परेकाी छन् ।
बिहिबार बिहान ९ बजे युएईको सारजाहबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयमा शिशु मृत भेटिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको बताएका छन् ।
काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको विमानस्थलका अधिकारीहरुले बताए ।
शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्याएको छ । जी ९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।


