काठमाण्डाै,५ पुस । नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रमले विवाद देखिएको छ । बिहीबारदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटनमा लफडा भएको छ ।

सभापति शेरबहादुर देउवापछिको वरियता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै सहभागी हुनुभएन । मधेस प्रदेश सम्मेलनमा कोइरालासँगै नेता विमलेन्द्र निधिले वरियताका विषयमा असन्तुष्टि जनाउनुभएको छ ।

कांग्रेस पूर्व उपभापति समेत रहेका निधिले पटक पटक बोलाउँदा पनि मञ्चमै आसन ग्रहण गर्न अस्वीकार गर्नुभएको हो । उहाँ दर्शकदीर्घमै बसिरहनु भएको छ । सम्मेलनको पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, प्रवक्ता प्रकाशशरण महत लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी छन् ।