काठमाडौं,७ पुस । नेकपा एकीकृत समाजवादीका दुई नेताले अध्यक्ष माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाउँदै पार्टी परित्याग गरेका छन ।

नेकपा एमाले बिभाजन गरी प्रतिक्रियावादीको सेवक बन्नेबाहेक माधवमा कुनै सोच नरहेको प्रमाणित भएको भन्दै चितवनका दुई नेताले बिज्ञप्ति जारी गरी सो पार्टी छाडेका हुन ।

माधव नेपाल समाप्तिको बाटोमा लागेको निश्कर्षसहित पार्टी परित्याग गर्नेमा चितवनका नेताद्वय केपी लामिछाने र कर्णबहादुर बिक हुनुहुन्छ । चितवन जिल्लाका सचिव लामिछाने र उपसचिव बिकले सचिव लामिछाने र उपसचिव बिकले आज बिज्ञप्ति जारी गरी भन्नुभएको छ, ‘नेकपा एमालेबाट गरेको बिद्रोहको औचित्य पुष्टि हुनु त परै जावस, यस्को नेतृत्व घोर दक्षिणपन्थी र अवसरवादी हुनपुगेको छ । यो पार्टी दिशाहीन पनि छ ।’

लामिछाने र बिकले नेकपा एस त्यागेर कम्युनिष्ट आन्दोलनलाई एकीृकृत गर्ने अभियानमा लाग्न सवैलाई अपिलसमेत गर्नुभएको छ ।