काठमाडौँ,१३ पुस । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कानूनको सहायता लिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ठगी प्रकरणमा मुछिएका सभापति लामिछानेलाई यस्तो आग्रह गरेका हुन् ।

एमाले र जनजातिबिचको सम्बन्धमा दुरि ल्याउने प्रयास भइरहेको छः विष्णु रिजाल -  Nepali Network-Nepal's Digital Onlineमिडियालाई गाली गरे गल्ती लुकाउन नसकिने उनले बताए । नागरिकता, व्यक्तिगत जीवनका अरु कुरा छाडिदिऔँ, सहकारीका सन्दर्भमा आएका विषयहरू जति ठूलो स्वरले चिच्याए पनि, मिडियालाई गाली गरे पनि लुकाउन सकिँदैन,’ नेता रिजालले भनेका छन्, ‘गल्ती भएपछि साइबर सेनाको सहायताले होइन, कानुन अनुसार सल्ट्याएर मुक्ति पाइएला ।’

लामिछानेले अरु सबै असफल आफू मात्रै सफल भन्ने भाष्य खडा गरेर नफरतको राजनीति गर्न खोजेका उनको आरोप छ । ‘रविजीले सबै नेता अयोग्य हुन्, लुटेरा हुन्, अपारदर्शी छन्, पुराना दल र नेताले सक्दैनन्, त्यसकारण म योग्य छु, म नयाँ छु, मैले मात्र गर्न सक्छु भन्ने भाष्य खडा गरेर नफरतको राजनीति गर्नुभएको छ । त्यसको एउटा झलक पोखरामा आफैँ भोगिसक्नुभयो,’ नेता रिजालले भने ।