पोखरा,१५ पुस । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले  पार्टी कार्यालयका लागि १० करोडमा घर खरिद गर्ने भएको छ । पोखरा ८ सिर्जना चोकमा रहेको घर ९ करोड ६५ लाखमा खरिद गर्ने भएको हो ।

उक्त घर खरिदको लागि सम्झौता भइसकेको र पास समेत गर्दा १० करोडभन्दा बढी लाग्ने सचिव धनन्जय दवाडीले जानकारी दिनुभयो ।

 ‘४ महिनाभित्र घर पार्टीको नाममा पास गर्ने सहमति भएको छ,’ उहाँले भन्नु,‘रकम चाहिँ पार्टी सदस्यबाटै उठाउने निर्णय गरेका छौँ ।’

यसअघिको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय गरेको थियो । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेका एमालेको दाबी छ । पार्टी सदस्यबाट मात्रै ३ करोड १५ लाखभन्दा बढी उठ्छ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने नेता दवाडीले बताउनु भयो  ।