काठमाडौं,१८ पुस । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
एमालेले पुस २० गते बस्नेगरी सचिवालयकाे बैठक बाेलाएकाे हाे । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले सनराइज खबरलाई जानकारी दिनुभयाे ।
बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य चुनाव, देशकाे समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा छलफल हुने बताइएकाे छ ।




















