बझाङ,१९ पुस । नेकपा एमाले  जिल्ला कमिटी बझाङको आठौँ जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते हुने भएको छ । बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको बैठकले केदारस्युँ गाउँपालिकाको झोतामा गर्ने निर्णय गरेको हो ।

अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छान्ने र कार्यक्रम व्यवस्थापनको तयारी गरिने गरी अधिवेशनको मिति तोकिएको  एमालेका केन्द्रीय  सदस्य अफिलाल ओखेडाले बताउनु भयो । 

जिल्ला कमिटी बझाङका अध्यक्ष दमन भण्डारीको अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा  जिल्ला इन्चार्ज राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा  ऐन महर रहनु भएको थियो । बैठक संचालन जिल्ला कमिटीका सचिव आनन्दलाल बिश्वकर्माले गर्नु भएको थियो ।