- भगवती अर्याल
विराटचोक,१९ पुस । नेकपा एमालेको जन संगठन लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपालको कोशी प्रदेशको प्रथम अधिवेशनलाई सफल बनाउन सम्पन्न गर्न भव्यरुपमा तयारी भईरहेको छ । पुस २१ गत्ते मोरङको सुन्दरहरैँचा नगरपालिकाको १ न. वडा स्थित पुरानो ऐतिहासिक हरैँचा बजारमा हुने भएको हो ।
अधिवेशनका लागि यतिखेर सुन्दरहरैँचाको विराटचोकदेखि कार्यक्रम स्थलसम्म बेहुली झै सिङ्गारिएको छ । अधिवेशनको उदघाटन सत्रमा रौनक बढाउन विभिन्न जातजातीहरुको आ-आफ्नो भेषभुसा र सांस्कृतिक झाकीहरुले अधिवेशन महोत्सवमय हुने भएको छ ।
विराटचोक बजार देखि करिव ९ किलोमिटर दक्षिणमा अवस्थित हरैँचा बजारको खेलमैदानमा हुने अधिवेशन तयारीको लागि पार्टी र जनबर्गिय संगठनका नेता तथा कार्यकर्ताहरु सक्रिय रुपमा लागिपरेको स्थानिय युवा नेता मोहन राईले जानकारी दिए ।
सुन्दरहरैँचाका चोकहरुमा गेट निर्माण देखि मंच व्यवस्थापन लागायतका कामहरुको निर्माण अन्तिम चरणमा पुगेको राईले जानकारी दिए ।
मोरङको पुरानो र ऐतिहासिक हरैँचा बजारलाई प्रदेशभरी चिनाउने उदेश्यका साथ् हरैँचामा अधिवेशन गर्न लागिएको स्थानिय युवा तथा जनजाति महासंघ मोरङका उपाध्यक्ष्य राम राइले बताए ।
बिहान ११ बजे देखि सुरुहुने अधिवेशनको नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट उदघाटन गर्ने तय भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष प्रभाग कुमार खवासले जानकारी दिए ।
अधिवेशनमा पार्टीका सचिव तथा काेशी प्रदेश ईन्चार्ज रघुविर महासेठ पार्टी स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल,कृष्ण गोपाल श्रेष्ठ,शेरधन राई,कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की,पार्टी पोलिटव्युरो सदस्यहरु शिवमाया तुम्बाहाम्फे, पार्टी काेशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा,गोकुल घर्ती मगर तिलकुमार मेन्याङ्बो महांसघका अध्यक्ष पासाङ शेर्पा,महासचिव पेम्बा भोटे गुरुङ,यज्ञराज सुनुवार लगायतका नेताहरुले सम्बोधन गर्ने अध्यक्ष खवासले बताए।
कार्यक्रममा काेशी प्रदेशमा रहेका पार्टी संग आवद्व रहेका सुचिकृत सुचिउन्मुख २९ वटा जातियहरु प्रतिनिधि र जातिय झाकि,सहितकाे उपस्थिति रहने महासंघले जानाएको छ । कार्यक्रमलाई सफल बनाउन करिव पाचहजार भन्दा बढि जनताहरुको सहभागिता हुने जानकारी प्राप्त भएको छ ।
कोशी प्रदेशको तराई देखि पहाडी जिल्ला हुदैँ हिमाली जिल्ला गरी १४ ओटा जिल्लाका गरी पाँच सयभन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहने महासंघ मोरङका सचिव सुरेन्द्र सेर्माले जानकारी दिए ।





















