काठमाडौं,२० पुस । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्। उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन्।

पशुपति पुगेको तस्बिर ट्विटरमा सार्वजनिक गर्दै उनले दुई देशका जनताको कल्याणका लागि प्रार्थना गरेको बताएका छन्। पशुपतिनाथको दर्शन गरेपछि उनले मन आनन्दित भएको बताए।

विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन बिहीबार काठमाडौं आएका थिए। भ्रमणका क्रममा विदेशमन्त्री डा जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए।