काठमाडौं, पुस २० । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।

बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जनताटाइम्स डटकमलाई जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।