विराटनगर,२० पुस  । नेकपा एमाले मोरङको १० औ जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबार बसेको जिल्ला पदाधिकारी बैठकले आवश्यक तयारी पूरा नभएको निष्कर्ष निकाल्दै अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

अधिवेशनको मिति अब बस्ने जिल्ला कमिटी बैठकले तय गर्ने एमाले मोरङ अध्यक्ष ॠषिकेश पोखरेलले बताउनुभयो । 

अध्यक्ष ॠषिकेश पोखरेलको अध्यक्षतामा बसेको आजको बैठकले पार्टीका जिल्ला उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा ११ सदस्यीय कार्य सम्पादन समिती गठन गरेको छ । उक्त  कार्य सम्पादन समिति  दैनिक कार्य संचालन गर्ने उद्देश्यले गठन गरिएको अध्यक्ष पोखरेलले बताउनु भयो ।

गठित समितिमा शान्ती लिम्बू, सन्तोष साह, रविन थापा, सन्तोष वान्तवा, सोमराज थापा, राम घिमिरे, ईरान राई, मीनकुमार आचार्य, धर्मानन्द खरेल र रिता न्यौपाने सदस्य रहनुभएको छ ।

घाटा भदौ २२ गते जिल्ला कमिटीको आठौ बैठकले यहि पुष २७ र २८ गते जिल्ला अधिवेशनको मिति तय गरेको थियो । यसअघि ९ औँ जिल्ला अधिवेशन २०७८ साल पुस २३ र २४ गते विराटनगरमा सम्पन्न भएको थियो ।

 बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्यहरु रामलाल शाह र युवराज बास्कोटाको अतिथ्यता रहेको थियो ।