काठमाडौं,२० पुस  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् । ओली निवासमा  बालकोटमा १ घण्टा छलफल भएको छ ।

भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।

उनले भने, ‘उहाँहरूबीच भेटवार्ता नभएको लामो समय भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुन सामान्य हो । तर, कुनै एजेण्डा होइन।’

रवि बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किएका छन् । राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ । ओलीले आजै पार्टीको सचिवालय बैठक पनि राखेका छन् ।