विराटनगर,५ माघ । नेकपा एमाले कोशी प्रदेश जनसंगठन संयन्त्रको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार विराटनगरमा बसेको बैठकले संगठन बिस्तारका लागि ३ महिने अभियान संचालन गर्ने निर्णय गरेको छ ।
पार्टी प्रदेश जनसंगठन संयन्त्रका प्रमुख बाबुराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न जनसंगठनका नेताहरुले आफ्नो संगठनको तर्फबाट रिपोर्टिङ गरेका थिए । पार्टी केन्द्रिय कमिटीको तर्फबाट कोशी प्रदेश जनसंगठन सन्यन्त्र इन्चार्ज यज्ञराज सुनुवारले निर्देशनात्मक मन्तव्य राखेका थिए ।
बैठकमा पार्टी स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा,केन्द्रीय सदस्य जीवन घिमिरे,प्रदेश कमिटी सचिव राजकुमार भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।




















