काठमाडाैं,६ माघ  । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेता विरुद्ध चलाइएको भ्रम चिर्न विशेष कमिटी गठन गरेकाे छ । महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले साे जानकारी दिएकाे हाे ।

पार्टी, नेता तथा नेतृत्वमाथि भइरहेकाे आक्रमण, फैलाइएकाे भ्रम, लादिएकाे प्रायाेजित झुटा आराेप र पार्टी तथा नेतृत्व विरुद्ध सामाजिक सञ्जालकाे दुरुपयाेग राेक्न, चिर्न, खण्डन गर्न र प्रतिराेध गर्न विशेष कमिटी गठन गरिएकाे महासंघका अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।  सुनियोजित रुपमा एमाले र एमाले नेतृत्वमाथि आक्रमण भइरहेकाे निष्कर्ष निकाल्दै रिनन पोखरेलको नेतृत्वमा ५ हजार १ सदस्यीय विशेष कमिटी गठन गरिएकाे उहाँले बताउनुभयाे । साे कमिटीमा ७७ जिल्लाकै प्रतिनिधि रहने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

420358106_396568962931981_1271455857172574365_nसाे कमिटीले विशेष अभियानका रुपमा तत्काल काम थाल्ने र साे कमिटी पार्टीकाे प्रतिराेधी दस्ता हुने उहाँले बताउनुभयाे । नेकाेसकाे डिजिटल आँखाकाे रुपमा यसलाई हेरिने समेत उहाँले बताउनुभयाे । साे कमिटीले जनतामा फैलाइएकाे निराशालाई आशामा बदल्नेगरी काम गर्नेछ ।

बैठकले आगामी चुनावमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल सिंगो पार्टी पंक्तिलाई यसतर्फ विशेष ध्यानाकर्षण गराएको छ ।

बैठकले संगठन बिस्तारको विशेष योजना पनि पारित गरेको छ । जसअनुसार आगामी ३ वर्षभित्र डेढ लाख नयाँ सदस्यता वितरण गरिने महासंघले जनाएको छ ।

बैठकले एक कमिटी एक खेलकुद गतिबिधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य वितरण अभियान अघि बढाउने निर्णय गरेको छ ।

महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले २ जना नयाँ सदस्य बनाउने निर्णय बैठकले गरेको अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेपाल खेलकुद महासंघ अब सशक्त रुपमा संगठन सुदृढीकरण, शुद्धिकरण तथा विस्तारमा लाग्ने जानकारी पनि उहाँले दिनुभयो ।

May be an image of 1 person and daisMay be an image of one or more people and crowdMay be an image of 1 person, dais and textMay be an image of 1 person and studyingMay be an image of 1 person, studying and crowd