काठमाडौं,७ माघ  । त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । 

झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ ।