काठमाडौँ,७ माघ । नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १४औं अधिवेशन यही माघ २७ गते शनिवार हुने भएको छ । सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीको अध्यक्षतामा शनिवार बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा एमाले सम्पर्क समन्वयन कमिटिका सचिवालय सदस्य, महिला विभाग प्रमुख तथा नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज गिता बरालको प्रमुख आतिथ्यमा आयोजक कमिटी तेस्रो बैठकले उक्त निर्णय गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
१४ औं अधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस (आरआर)मा गर्न लागिएको अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो।
सो अधिवेशनमा उदयपुरबाट काठमाडौं उपत्यकामा आइ स्थायी-अस्थायी रूपमा बसोबास गरी विभिन्न पेशा-व्यावसय गर्नुहुने नेता, सामाजसेवी, बुद्धिजीवि, शिक्षक, कलाकार, वकील, विद्यार्थी, मजदुर, आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा एमाले शुभेच्छुक, शुभचिन्तक साथै सम्पर्क मञ्चलाई सल्लाह-सुझाव अनि माया गर्नुहुने सम्पूर्ण महानुभावलाई यही माघ २७ गते उपस्थितिका लागि सम्पर्क मञ्चले अनुरोध गरेको छ ।
राजनीतिकदेखि विभिन्न सामाजिक तथा आर्थिक कार्यहरुमा सक्रिय रहँदै आएको सम्पर्क मञ्चले अधिवेशन पश्चात् नयाँ कार्यसमिति चयन गर्नेछ।




















