काठमाडौं,८ माघ  । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । 

420102024_829988822471693_8415303992275509027_nआइतबारबाट दैलेखमा सुरु भएको प्रथम अधिवेशनले राजेश ओलीको अध्यक्षतामा ४१ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा विवश भारती मनसुन दाहाल र सञ्जय योगी र सचिवमा धर्म शाही सर्वसम्मत हुनुभएको छ । 

त्यसैगरी सहसचिवमा क्रमशः प्रतिभा शाही, प्रकाश मल्ल र रोशन शाही निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा  जगतजंग शाही निर्वाचित हुनुभएको छ ।

Untitled-3 (4) 20भव्य रुपमा सम्पन्न भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले गर्नुभएको थियो । 

सम्मेलन आयोजक कमिटीका संयोजक ललितजंग मल्लको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको प्रमुख वक्ताको रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल रहनु भएको थियो । 

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज किशोर विक्रम मल्ल,पार्टी केन्द्रीय नेताहरु विष्णु रिजाल, निरज आचार्य,अनेरास्ववियुका केन्द्रीय उपाध्यक्षहरु धर्म गिरी,गोविन्द गिरी,मर्यादा विष्ट,नारायण घर्ती,महासचिव नरेश रोकाया लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।


Untitled-3 (3) 22Untitled-3 (1) 22Untitled-3 (2) 20 May be an image of 5 people and textMay be an image of 3 people, dais and text