हेटौंडा,१२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन् ।कांग्रेसको ७८औं स्थापना दिवसका दिन शुक्रबार हेटौंडामा भएको कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन् ।

न्यौपानेलाई कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंह, कांग्रेसका लोकप्रिय नेता इन्द्रबहादुर बानिया, जितजंग बस्नेत लगायतले कांग्रेस स्वागत गरेका थिए।

कांग्रेस प्रवेश गर्दै उनले रास्वपामा देश बनाउने कुनै एजेन्डा नभएको बताए । रास्वपाले जनतालाई आश देखाएर निराश बनाइदिएकाले आफू कांग्रेसमा गएको उनको भनाइ छ ।

न्यौपाने रवि लामिछानेका प्रमुख सहयोगी मानिन्छन् । पछिल्लो समय विभिन्न जिल्लाबाट रास्वपा छाड्नेको लर्को लागेको छ ।