गाईघाट,१४ माघ । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) उदयपुरको १७ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको संगठनका केन्द्रीय अध्यक्ष समिक बडालले उद्घाटन गर्नुभएको छ ।
अधिवेशनको उदघाटन सत्रमा नेकपा एमाले उदयपुरका परमेश्वर घिमिरेले व्यवहारिक शिक्षामा अहिले अनेरास्ववियुले जोड दिनु पर्ने कुरा व्यक्त गर्नु भयो ।
अधिवेशनले सिङ्ग राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलले जानकारी दिनुभयो । कमिटीको कमिटीको उपाध्यक्षमा शारदा खड्का र युवराज दाहाल निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा रोयल खड्का निर्वाचित हुनुभएको छ भने सहसचिवमा नवराज बस्नेत, केवल तामाङ, अनिशा चौधरी र करुणा खड्का निर्वाचित हुनुभएको छ ।
संगठनको कोषाध्यक्ष बेलीराज आचार्य चुनिनु भएको छ । त्यस्तै गठन विभाग प्रमुखमा मनिष चौलागाईं, महिला विभाग प्रमुखमा सुमित्रा श्रेष्ठ र रचनात्मक विभाग प्रमुखमा सफलता विष्ट चुनिनु भएको छ ।
अधिवेशनको उदघाटन कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी नेकपा एमालेकी केन्द्रीय सदस्य अम्बिका थापा,पार्टी कोशी प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणी राउत,उदयपुर जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरे,अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्ली,कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजल लगायतको विषेश आतिथ्यता रहेको थियो ।
जिल्ला संयोजक सन्तोष काफ्लेको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको उदघाटन सत्रको कार्यक्रमलाई शारद खड्काले संचालन गर्नुभएको थियो ।





















