• ✍️ सुयोग भण्डारी Untitled (4) 63

इटहरी,१४ माघ । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को दुई दिने "अनेरास्ववियु पाठशाला"कार्यक्रम सुरु भएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा इटहरीमा माघ १४ देखि १५ सम्म "अनेरास्ववियु पाठशाला" चल्ने छ ।

"अनेरास्ववियु पाठशाला"को आज पहिलो दिन संगठनका अध्यक्ष  समिक बडालले उदघाटन गर्दै कार्यक्रम सुरु भएको हो  । उदघाटन कार्यक्रममा अनेरास्ववियुका  पुर्वअध्यक्ष नेकपा एमाले स्थायी कमिटी सदस्य एव कोशी प्रदेशका पुर्वमुख्यमन्त्री  हिक्मत कार्की र नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए  । 

May be an image of 8 peopleअनेरास्ववियुका नेता कार्यकर्तालाई बैचारीक क्षमता अभिबृद्दी गर्ने उदेश्यकासाथ "अनेरास्ववियु पाठशाला"को आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलले जानकारी दिए । 

उदघाटन कार्यक्रममा संगठनका अध्यक्ष  समिक बडालको प्रमुख आतिथ्यता र नेकपा एमाले स्थायी कमिटी सदस्य एव कोशी प्रदेशका पुर्वमुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसैगरी अनेरास्ववियुका सचिव आरती भट्टराई,मनोज ताम्ली,नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा जनसंगठन संवन्वय प्रमुख बाबुराम थापा,एमाले कोशी प्रदेश कमिटी सदस्य अञ्जु पाण्डे,पार्टी केन्द्रीय विभाग सदस्य बद्री अर्याल अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिती रहेको अनेरास्ववियु कोशी प्रदेश सदस्य रिजेन भट्टराईले जानकारी दिए । 

May be an image of 5 people and tableउदघाटन कार्यक्रमको समापनपछि प्रशिक्षण कार्यक्रम सुरु गरिएको भट्टराईले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य तथा जनसंगठन संवन्वय प्रमुख बाबुराम थापाले 'पार्टी र जनसंगठन सम्बन्ध' बिषयमा र  अनेरास्ववियुका  केन्द्रीय अध्यक्ष समिक बडालले 'बदलिँदो सन्दर्भमा अनेरास्ववियु र विद्यार्थी आन्दोलन' शिर्षकमा प्रशिक्षण दिएको भट्टराईले बताए ।

May be an image of 3 people, table and daisप्रदेश भरीबाट प्रतिनिधिमुलक आएका सय भन्दा बढी अनेरास्ववियुका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको अनेरास्ववियु प्रदेश कमिटीले जनाएको छ ।

"अनेरास्ववियु पाठशाला"को दोस्रो दिनमा अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्षहरु माधव ढुङ्गेल र किशोर विक्रम मल्लले प्रशिक्षण दिने कार्यक्रम रहेको अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल पौडेलले जानकारी दिए । अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण पोखरेलले स्वागत मन्तव्य गरेका थिए भने सचिव सन्तोष घिमिरेले कार्यक्रम संचालन गरेका थिए । 

May be an image of 5 people, people studying, chess and table

May be an image of 1 person, dais and text

May be an image of 8 people, table and text

May be an image of 6 people, table and text

May be an image of 13 people, people studying and tableMay be an image of 7 people, people studying and tableMay be an image of 5 people, people studying and tableMay be an image of 6 people, people studying and chess