- ✍️ सुयोग भण्डारी
इटहरी,१५ माघ । सुनसरीको इटहरीमा भएको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको दुई दिने "अनेरास्ववियु पाठशाला"सम्पन्न भएको छ ।अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा माघ १४ देखि १५ गते सम्म संचालन भएको "अनेरास्ववियु पाठशाला" आज सोमबार सम्पन्न भएको हो ।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका अनेरास्ववियुका नेता कार्यकर्तालाई बैचारीक क्षमता अभिबृद्दी गर्ने उदेश्यकासाथ "अनेरास्ववियु पाठशाला"को आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलले जानकारी दिए ।
करिव सय भन्दा बढीको संख्यामा रहेका प्रदेशभरका जिल्लाहरुबाटबाट सहभागि विद्यार्थी नेताहरुलाईलाई आर्टिफिशियल इंटेलिजेंसको विषयमा नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य लीलाराज भट्टराईले तालिम दिएका थिएका थिए ।
अनेरास्ववियुका पुर्व अध्यक्ष तथा नेकपा एमालेका विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्लले राजनितिक दल र तिनीहरुको अवस्थाका विषयमा त्यसैगरी अनेरास्ववियुका पुर्वअध्यक्ष एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य माधव ढुङ्गेलले दर्शन र विचार र संगठनको विषयमा प्रशिक्षण दिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका सचिव सन्तोष घिमिरेले जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको सचिव घिमिरेले बताए ।
"अनेरास्ववियु पाठशाला' प्रशिक्षणबाट राम्रो ज्ञान प्राप्त प्राप्त भएको सहभागी मध्ये अनेरास्ववियु सुकुना क्याम्पस कमिटीका अध्यक्ष योगेशदाहाले बताए । यस्तो कार्यक्रम अनेरास्ववियुले आगामिदिनहरुमा निरन्तरता दिए अझ राम्रो हुने दाहालले भने । त्यस्तै अर्का सहभागी अनेरास्ववियुका कोशी प्रदेश कमिटीका सदस्य रिजेन भट्टराईले यस्तो कार्यक्रम जिल्ला स्तरमापनि चलाउनु पर्ने कुरा व्यक्त गरे ।
आइतबार देखि सुरु भएको सो कार्यक्रमको उदघाटन संगठनका अध्यक्ष समिक बडालले गरेका थिए । तालिममा अनेरास्ववियुका केन्द्रीय सचिवहरु आरती भट्टराई, मनोज ताम्ली,स्थायी कमिटी सदस्य कमल पौडेल,प्रचार विभाग प्रमुख लिम्बु,निर्वाचन आयोगका सचिव मिलन घिमिरे,केन्द्रीय सदस्यहरु लगायतका नेताहरुले सहजिकरण गरेको अनेरास्ववियु मोरङका सहसचिव संगम कन्दंगवाले बताए ।
कार्यक्रमका तस्विरहरु





























