काठमाडौं,२० माघ  । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य टोपेन्द्र केसीलगायत विभिन्न पार्टी परित्याग गरेर एक हजार तीन सय जना नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। 

शुक्रबार दाङ क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एक हजार तीन सयभन्दा धेरै नेता कार्यकर्ताहरुले एकीकृत समाजवादी रोज्नु भएको हो।

madhav-1706865269.jpgकेन्द्रीय प्रचार विभाग सदस्य सूर्य विसीकाअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले नव प्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गर्नु भएको हो। पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज मेटमणी चौधरीको निर्वाचन क्षेत्रसमेत रहेको लमहीमा हजारौंको संख्याको उपस्थिति रहेको थियो। 

एक हजार ३ सय जना एकीकृत समाजवादीमा प्रवेश