इटहरी,२२ माघ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीले सम्मान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित रुक्मणी कोइराला सहित क्याम्पसकी एक छात्रालाई सम्मान गरेको हो ।
भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा देशभरीमा एमाले विरुद्दको भएको घेरावन्दीको अवस्थामापनि कोशी प्रदेशबाट विजयी हुन सफल भन्दै कोइरालालाई सम्मान गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य रिजेन भट्टराईले जानकारी दिए ।
सम्मान ग्रहण गर्दै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कोइरालाले आफूलाई निर्वाचित गराउन अहोरात्र खटिनुहुने पार्टी पंक्तिका तमाम नेता तथा कार्यकर्ताहरू प्रति कृतज्ञता व्यक्त गरकी थिइन्। आफ्नो कार्यकालको सफलताको कामना सहित सम्मान गरेकोमा अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटी परिवारलाई बिषेश धन्यबाद दिइन।
त्यस्तै कवि शिरोमणि साहित्य साधना समाज धरानद्वारा आयोजित श्रष्टा सम्मान तथा कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल भएकी सोही क्याम्पसकी छात्रा दिपा लुइटेललाई पनि अनेरास्ववियुले सम्मान गरेको छ ।नवागन्तुक विद्यार्थीहरूसँग परिचयात्मक समेत गरिएको कार्यक्रममा संखुवासभा आइडलका टप टेन प्रतिस्पर्धी दिपेश वन लगायत अन्य विभिन्न विद्यार्थीहरूको बेजोड सांगेतिक प्रस्तुति रहेको थियो ।
नेकपा एमाले कोशी प्रदेश सभा प्रमुख सचेतक तथा नेकपा एमाले सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती रमण भण्डारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीवि गजलको विशेष अतिथ्यता रहेको थियो । त्यसैगरी जनता बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक डा.गीता अधिकारी अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य कमरेड रिजेन भट्टराई, जनता बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति रबिन बराल,प्रगतिशील प्राध्यापक संघका अध्यक्ष राजन भट्टराई तथा सचिव उमेश खड्का लगायतको उपस्थिति रहेको थियो।
अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष उज्जवल सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बिज्ञान मास्केले स्वागत मन्तव्य गरेका थिए भने अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीका सहसचिव नेत्र बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।





