काठमाडौं,२२ माघ  । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीका जनसंगठनले आफ्ना आफ्ना एजेण्डा बोकेर हिँड्नु पर्ने बताउनुभएको छ । 

सङ्खुवासभामा आयोजित जनसंगठन निर्माण तथा परिचालन प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ढकालले सबैले आफ्ना आफ्नो एजेण्डा लिएर जनताको बिचमा जानु पर्ने बताउनुभयो । ‘क्यासेट खोले जस्तो, पुरानो रेडियो खोलेजस्तो शैलीमा अब हामीले हाम्रो पार्टीलाई लैजानु हुँदैन, हामीले आफ्नो एजेण्डाको बारेमा बोल्नु पर्छ’, ढकालले भन्नुभयो । 

पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख समेत रहनु भएका ढकालले बन्द क्याम्पमा सञ्चालन गरिने पार्टीको प्रशिक्षणले नेतृत्व विकासको लागि सहयोग पुग्ने  बताउनुभयो । ढकालले वैचारिक र सैद्धान्तिक रूपमा स्पष्ट नहुँदासम्म संगठन निर्माणको काम गर्न नसकिने बताउनुभयो । 

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले पार्टी कार्यकर्तालाई व्यवसायसँग जोड्न सके मात्र राजनीतिमा टिकाउन सकिने बताउनुभयो । त्यसो गर्नका लागि उद्योग खोलेर नयाँ व्यवसाय सिर्जना गर्नुपर्नेमा उहाँको जोड छ । ‘श्रम गर्ने ठाउँ, बजार निर्माण गर्नु पर्‍यो’, उहाँले भन्नुभयो । 

नेपालको व्यवसायको मुख्य आधार कृषि नै भएकोले कृषिलाई व्यवसायीकरण गर्न जरुरी रहेको गौतमले बताउनुभयो । कृषिलाई व्यवसायीकरण गरी नयाँ रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा गौतमको जोड थियो । 

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जहाँ राम्रो काम भएको छ त्यहाँ एमाले गरेको गरेको भन्ने बुजिएको बताउनु भएको छ । उहाँले एमालेको जस्तो कार्यकर्ता एमालेको जस्तो कमिटी भनेर अरु पार्टीकाले चर्चा गर्ने गरेको बताउनु बताउनु भयो ।

हेर्नुहोस भिडियो