दोलखा,२५ माघ । नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना कार्य सुरु भएको छ ।
बुधबार राति मतदान सकिएकोमा बिहीबार विहान करिब साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सुरुवाती चरणमा अध्यक्षसहित पदाधिकारीको मतगणना हुने भएको छ ।
अध्यक्षमा इश्वरचन्द्र पोखरेल, नर बहादुर श्रेष्ठ र भतर प्रसाद दुलाल प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर र हिरा थोकर तथा सचिवमा कृष्ण बस्नेत र सोयम बहादुर खड्काबिच प्रतिस्पर्धा रहेको छ । २ जना उपसचिवका लागि भने आधा दर्जन बढी उम्मेद्वारहरुलाई मतदान भएको छ ।
विहान ८ बजेदेखि मतगणना गर्ने भनिएको भएपनि मतगणको लागि आवश्यक प्रक्रिया पूरा गर्न केहि थप समय लागेपछि ढिला गरी मतगणना सुरु भएको हो ।




















