खोटाङ,२७ माघ । खोटाङको दिप्रुङ चुइचुम्मामा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी परित्याग गरि ठुलो युवा जमात नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ डाँडागाउँमा शनिवार आयोजित वडा स्तरीय कार्यक्रमको अवसर पारेर १ दर्जन भन्दा बढीको संख्यामा कांग्रेस र एकीकृत नेकपा माओवादीका ठुलो युवा जमात एमाले प्रवेश गरेका छहुन् ।
नव प्रवेशीहरुमा नेपालि कांग्रेसका दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ का निर्वाचित वडाध्यक्षका छोरा सबिन कटुवालको नेतृत्वमा १२ जना र एकीकृत माओवादी दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ का वडा कमिटी सचिव भुपराज कटुवालको नेतृत्वमा ३ जना साथै एकीकृत समाजवादीबाट २ गरि १७ जना रहेका छन ।
कार्यक्रममा नेपाली कांग्रस डाँडागाउँबाट सबिन कटुवाल, बिस्णु कुमार खड्का, राजन खत्री, उर्मिला परीयार, रमेश परियार लक्षण कटुवाल, उमेश परियार, अस्विन तामाङ र रमेश मगर, टेम्मा, दिलिप मगर टेम्मा, राजन मगर टेम्मा, बलराम मगर टेम्मा, प्रशन मगर, पर्शु मगर टेम्माबाट, यसैगरी एकीकृत माओवादी केन्द्र डाँडागाउँ वडा कमिटी सचिव भुपराज कटुवाल, रामजी बि.क., सुजन मुग्राती साथै एकीकृत समाजवादीबाट पदम नेपाली लगाएतले अन्य पार्टीबाट देश र जनताको हित नहुने भन्दै नेकपा एमाले प्रवेश गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं दिप्रुङ चुइचुम्मा गाउँपालिका इन्चार्ज लोकेन्द्र राईले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
चुइचुम्म्मा गाउँपालिका वडा नं. २ डाँडागाउँ कमिटी अध्यक्ष इश्वर कटुवालको अध्यक्षतामा सम्पन्न भएको अन्तकृया तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी जिल्ला कमिटीका सदस्यहरु राजदेश राई, बबिन्द्र राई, भिम खत्री गाउँपालिका कमिटी अध्यक्ष धनकुमार राई,उपाध्यक्ष मनोज राई,वडा नं. ४ बतासेका ए पार्टी अध्यक्ष सुपेन्द्र राईलगायतको आतिथ्यता रहेको थियो ।




















