काठमाडौँ,२८ माघ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको उपत्यका विशेष बाग्मती प्रदेश कमिटीकाे अध्यक्षमा विशाल न्याैपाने निर्वाचित हुनुभएकाे छ ।
शनिबार देखि सुरु भएकाे कमिटीकाे प्रथम अधिवेशनबाट न्याैपाने निर्वाचित हुनुभएकाे हाे । अधिवेशन नेपाल ल क्याम्पसमा भएकाे थियाे । शनिबार देखि सञ्चालन अधिवेशन आज सम्पन्न भएको थियो ।
न्याैपानेकाे नेतृत्वमा बनेकाे नयाँ कमिटीकाे उपाध्यक्षमा साैगातसशेन ढकाल, डम्बर खड्का, आदित्त बाेहाेरा निर्वाचित हुनुभएकाे छ ।
त्यस्तै सचिवमा सराेज महर्जन निर्वाचित हुनुभएकाे छ भने सह-सचिवमा प्रियन्का साउद, दिपक बहादुर बिष्ट र प्रशान्त डंगाेल निर्वाचित हुँदा काेषाध्यक्ष सुदर्शन गाैतम निर्वाचित हुनुभएकाे छ ।




















