काठमाडौँ,२८ माघ । नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटी सदस्य किशोर बर्तौला नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ। बर्तौलाले एमाले परित्यागरी एकीकृत समाजवादीमा समाहित भएको एकीकृत समाजवादी का युवा नेता नितेश पौडेल जानकारी दिनुभयो ।
संघीय निर्वाचन क्षेत्र नम्बर २ का सचिवसमेत रहेका बर्तौलालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले स्वागत गर्नु भएको हो।
अध्यक्षसहित पार्टीका प्रभावशाली नेता विरोध खतिवडालगायत नेताहरूले बर्तौलालाई पार्टीमा स्वागत गर्नुभएको नेता पौडेलले जानकारी दिनुभयो।




















