विराटचोक,२ फागुन  । मोरङको  बेलबारीमा तीनसय भन्दा बढीले नेपाली कांग्रेस परित्याग गरेका छन । बेलबारी २ का नेपाली  वडासभापति बिचारी लिम्बूसहित ३ सय भन्दा बढीले बुधबार पार्टी परित्यागको घोषणा गरेका हुन । 

 पार्टी परित्याग गर्नेमा वडाका बरिष्ठ उपसभापति राजकुमार धिमाल,अर्जुन कार्की,सचिव रेखबहादुर कोईराला,तरुण दल बेलबारी २ का सभापति अनिल कार्की,क्षेत्रिय प्रतिनिधि मणिसुन्दर थापा लगायत रहेका छन ।

गत स्थानीय तहको  निर्चवानमा अन्तर्घात गर्नेहरुलाई कारबाहीको सिफारिस गर्दा पनि पार्टीले उल्टै उनीहरुलाई नै संरक्षण गरेको भन्दै उनीहरुले पार्टीका नेता माथि आक्रोश समेत पोखेका छन् ।   

त्यस्तै वडासभापति सहित अन्य पदाधिकारीहरुलाई अनावश्यक  कुरामा दबाब दिएको कारण पनि पार्टी परित्यागको घोषणा गरेको क्षेत्रिय प्रतिनिधि मणिसुन्दर थापाले बताए । गत स्थानीय तहको निर्चवानमा बेलबारी २ न. वडाको वडाध्यक्षमा  मणिसुन्दर थापा झिनो मतले पराजय भएका थिए ।