काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने भएका छन् ।
दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनामा मुख्य दोषी देखिएका मन्त्री ज्वालालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्खास्त गर्नुअघि नै अध्यक्ष नेपालले फिर्ता बोलाउने तयारी थालेका हुन् ।
मन्त्री ज्वालालाई फिर्ता बोलाउने बारे पार्टीमा आन्तरिक छलफल भएको स्रोतले बतायो । प्रधानमन्त्रीले बर्खास्त गर्दा पार्टीबारे जनतामाझ राम्रो सन्देश नजाने भएकाले बर्खास्त हुनु् पहिला नै फिर्ता बोलाउन उपयुक्त हुने निश्कर्ष माधव नेपालको छ ।




















