स्याङ्जा- नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्रभट्टराई सिंगो टीमसहित नेकपा एमालेमा समाहित भएका छन ।
थापा र भट्टराइसहित सवै नेता–कार्यकर्ताहरूलाई आज पार्टी मुख्यालय च्यासलमा आयोजित विशेषकार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।
थापा र भट्टराइसहित नेकपा एस त्यागेर जिल्ला कमिटीका ४८ जना सदस्यहरूएमाले फर्किएका हुन् ।
उनीहरु नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि अनवरत रुपमा योगदान पुर्याउँदै आएकानेता हु । माधव नेपालको भ्रममा परेर गलत कदम चाल्न पुगेको र सो पार्टी कम्युनिस्टआन्दोलनबिरोधी मोर्चा प्रमाणित भएकोले मूल घर फर्किएको दुवै जना नेताले बताए ।
थापा र भट्टराइसहित सवै नेता-कार्यकर्ता एमाले समाहित भएपछि स्याङ्जामा माधव नेतृत्वको नेकपा एस रित्तिएको छ ।























