काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक आज समापन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी जीवनमा दूरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्दै विभिन्न समसायिक २२ प्रस्तावहरू पारित गरेको छ ।
बैठकमा नौ समूहको छलफलबाट निकालिएका निश्कर्षहरूलाई सुझावका रूपमा प्रस्तुत गरिएको छ । स्थायी कमिटीबाट काशीनाथ अधिकारी, कोशीबाट घनश्याम खतिवडा, मधेसबाट चन्द्रेश्वर मण्डल, बागमतीबाट कैलाश ढुंगेल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवास समूहबाट पेम्बा लामाले आ–आफ्नो समूहको तर्फबाट सुझाव प्रस्तुत गरेका थिए ।
प्रस्तुत सुझावहरूमा वर्तमान गठबन्धन सरकारको कुशासन, आर्थिक असफलता, भ्रष्टाचार, चरम असुरक्षा, महब्गीजस्ता विषयले नेपाली जनता आक्रान्त रहेको, सरकार पूर्णरूपमा असफल भएको, सरकारको गैरजिम्मेवार रवैयाले व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरेको, प्रमुख प्रतिपक्षी दलको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन र विकास र समृद्धिको जनताको चाहनालाई मूर्त रूप दिन संसद र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह गर्नुपर्ने लगायत रहेका छन् ।
बैठकमा पार्टी अनुशासन, आर्थिक पारदर्शिता, नैतिक आचरणका विषयहरू कडाईका साथ पालना गर्नुपर्नेमा जोड दिइएको छ । बैठक समापनमा अध्यक्ष ओलीले पार्टी जीवनमा दूरगामी महत्व राख्ने विषयमा सम्बोधन गरेका थिए । उनले समृद्ध नेपाल, सुखी नेपाली’को नाराले दृढ अठोट र राष्ट्रिय सब्कल्प बोकेको छ । नेकपा एमाले लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा माथि उठाउन सब्कल्प गर्नुपरेको छ । एमालेको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरूपमा कार्यान्वयन गर्न बैठकलाई आह्वान गरे ।
यसैगरी महासचिव शंकर पोखरेलले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै बार्षिक कार्ययोजना कार्यान्वयनको तहमा छौं, पार्टी सदस्यता नवीकरण, व्यवस्थित पार्टी स्कुल सञ्चालन, प्रचार काम व्यवस्थापन, जनप्रतिनिधिहरूको कामको संयोजन, संसदीय फाँटको कामको संयोजन, कार्यालय व्यवस्थापन, शुद्धिकरणको प्रभावकारिता, नयाँ पुस्तामा पार्टी कामको विस्तार, हिरक महोत्सवको व्यवस्थापन, कार्यालय भवन निर्माण र आगामी उपनिर्वाचनका तयारीका विषयमा नीतिगत निर्देशन दिएका थिए ।
बैठकले पारित गरेका समसामयिक विभिन्न २२ वटा प्रस्तावहरू यस प्रकार रहेका छन्ः


























