खोटाङ - २०५४ सालदेखि नेकपा एमालेमा आवद्ध खोटाङका युवा नेता कुमारबाबु बस्नेत (टिबी) ले पार्टी परित्याग गरेका छन् । खोटाङका नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चका पूर्वउप-सचिव समेत रहेका बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको १४ औं सम्मेलन सकिए लगत्तै पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
२०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सम्पर्क मञ्चका तत्कालिन अध्यक्षको कारण हार बेहोर्नु परेको भन्दै आरोप पनि लगाएका छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ डाँडागाउँ वडा कमिटिले सिफारिस गरेको तर माथिल्लो कमिटिबाट कारबाही नभएको, आर्थिक अनियमितता भएको लगायतका विषयमा कुरा उठाउँदा सुनुवाई नभएकाले पार्टीबाट अलग हुनुपरेको बस्नेतले बताए ।
गत साउन २७ गते विज्ञाप्ती जारी गर्दै आफुले उठाएको एजेण्डामा छलफल नभएसम्मका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका बस्नेतले अन्ततः पार्टीको साधारण सदस्यता समेत त्यागेको बताएका छन् । बस्नेतले जिम्मेवारीबाट अलग्गिएको विज्ञप्ती जारी गरेको ५५ दिनपछि सम्पर्क मञ्चले पनि कारबाही गरेको भन्दै असोज २२ गते पत्र सार्वजनिक गरेको थियो।
समस्यको विषयमा एमाले पोलिटव्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवबिक्रम राई लगायतसँग कुरा राख्दा आश्वसन मात्रै पाएको बस्नेतले उल्लेख गरेका छन् ।
'यहाँ पार्टीको निति, बिचार र सिद्धान्तलाई कमाइखाने भाँडो बनाउने कमिसनखोर, व्याभिचारीको दवदवा भएसी ईमानदार र निस्वार्थ पार्टी हितमा लाग्ने ब्यक्तिहरु कि दास बन्न सक्नुपयो कि त फटाहाकै पछि-पछि....' बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, 'अपसोचः यस्तो पार्टीमा सिद्धान्त र नितिलाई व्यापार बनाई अत्यन्तै फटाहाक पाख-पाछ..., बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, अपसाप पस्ता पाटामा सिद्धान्त रानातलाई व्यापार बनाइ अत्पन्नात
निकृष्ट, अपराधी, व्यभिचारी व्याक्तीहरु हाबी भइरहँदा नेताले कहिल्यै पनि पार्टी, निति र सिद्धान्त पहिला अनि मात्रै ब्यक्ति भन्नै सकेनन् । यसकै कारण हो मैले एमाले छोड्नु पर्ने अवस्थाको सिर्जना ।' उनले लेखेका छन् ।




















