दोहा - कतारमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको समयदेखि नै युवा संयोजकको भुमिकामा रहदै आएका दिप भट्टराई नेकपा माओवादी केन्द्र प्रवेश गरेका छ्न ।
शुक्रबार कतारमा भएको माओवादी केन्द्रको प्रवासी संगठन नेपाली जनप्रगतिशिल मंचको छैटौं महाधिवेशनको अवसरमा उनी प्रवेश गरेका हुन् । रास्वपाको स्थापनाकाल देखि नै सक्रीय हुँदै आएका भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्माले खादा माला लगाएर प्रवेश गराएका हुन ।
पार्टी प्रवेशको क्रममा भट्टराईले रास्वपामा रवि लामिछानेले व्यक्तिवादी चरित्र देखाएको भन्दै आरोप लागाए । सरकारको भ्रष्टचार विरोधि अभियानलाई नसघाई उल्टै दर्जनौ काण्डमा मुछिदै गएपछि ईमान्दार नेता कार्यकर्ता तथा समर्थकहरु रास्वपामा रहनै नसक्ने र लज्जास्पद अवस्था आएर पार्टी छोडेको भट्टराईले बताए ।




















