काठमाडौँ– नेकपा एमालेको  सचिवालय बैठक सुरु भएको छ ।  बैठक आज विहानदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरु भएको हो ।  । 

बैठकमा पछिल्लो विकसित राजनैतिक घटनाक्रमका विषयमा छलफल हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए  ।

एमालेले आकस्मिक रूपमा सचिवालय बैठक आह्वान गरेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए  । यस्तै बैठकमा सत्ता गठबन्धनका बारेमा शीर्ष नेताहरूबिच भएका छलफल र सहमतिका विषयमा सचिवालय सदस्यहरूलाई जानकारी दिइने सचिव अधिकारीले बताए ।