काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना बिना विभागीय मन्त्री बनाउने भएका छन्।शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्।

तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन्। लिखित जानकारी केही बेरपछि पठाइनेछ।नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन् ।

नयाँ समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शीतल निवासमा पत्र प्राप्त भएसँगै समय यकिन हुने शीतल निवास स्रोतले बताएको छ ।