काठमाडौँ - नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो ।

शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू पदम गिरी ,हितबहादुर तामाङ र डोलप्रसाद अर्याल छन् । गिरि एमाले,तामाङ माओवादी र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए  । सपथ लिने तिनैजना मन्त्री नयाँ अनुहार भने होइनन् ।