काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाईभेट्न जाँदैछन् । 

सभापति देउवा साढे नौ बजेपछि कोटेश्वर आउने नेता नेपालको निजी सचिवालयले जनाएको छ । मंगलबार साँझ देउवाले नेपाललाई फोन गरेर आफू भेट्न आउने जानकारी गराएका थिए । 

नेपाल केही दिनदेखि रुघाखोकीका कारण  घरमै आराम गरिरहेका छन् । राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए ।