काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
सभापति देउवा बुधबार बिहान १० बजे नेपाल निवास कोटेश्वर पुगेर भेटवार्ता सुरु गरेका हुन् । मंगलबार साँझ देउवाले नेपाललाई फोन गरेर आफू भेट्न आउने जानकारी गराएका थिए ।
राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालको भेटवार्ता अर्थपूर्ण रूपमा हुने स्रोतले स्रोतले जानाएको छ । देउवा संगै श्रीमती आरजु देउवा र नेता रमेश लेखकसहित कोटेश्वर पुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चरम राजनीतिक बेइमानी र अस्थिरताको बिजारोपण गरेको निष्कर्षसहित नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन बनाउने पहल थालेको छ ।




















